मेलम्ची (सिन्धुपाञ्चोक), २८ वैशाख । सिन्धुपाल्चोकमा भूकम्पपीडितका लागि लैजाँदै गरेका त्रिपाल लुट्ने एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कुञ्चोक गाविस–२ का रुपक मल्ल ठकुरी छन् । ‘सेभ द चिल्ड्रेन’ले उपलब्ध गराएको त्रिपाल सदरमुकाम चौताराबाट मेलम्ची लैजाने क्रममा ठकुरीसहितको समूहले भेडीचौरबाट लुटेको हो ।
ठकुरीलाई इलाका प्रहरी कार्यालय नवलपुरले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ । चोरीमा संलग्न तीन जनाको खोजी भइरहेको प्रहरी निरीक्षक प्रल्हाद अधिकारीले बताउनुभयो । रासस















प्रतिक्रिया