२९ आश्विन २०८३, बिहिबार

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ४ मंसिर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित युनिक एकेडेमीको मतदान केन्द्रबाट बिहान ७ बजे मतदान गरेका छन् ।

मतदान पछि थपलियाले सञ्चारकर्मीसँग उनले निर्वाचनमा जनताको उत्साह देखिएकाले ७० प्रतिशतभन्दा बढी मत खस्ने अनुमान गरेको बताए ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो । भक्तपुरको दुईवटै निर्वाचन क्षेत्रमा मतदान सुरु भएको छ । यसका लागि सबेरैदेखि मतदाता लामबद्ध भएका थिए ।

जिल्लाका सबै केन्द्रमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिए ।