५ कार्तिक २०८३, बिहिबार

चिवनको माडीमा प्रहरीलाई गस्ती गर्न साइकल प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Police-cycle– सन्दिप भट्ट
चितवन, २८ वैशाख । माडी नगरपालिकाका स्थानीय वासिन्दाले ईलाका प्रहरी कार्यालय माडीलाई गस्तीको लागि साइकल हस्तान्तरण गरेका छन् ।

माडीका श्री प्रसाद दवाडीको संयोजकत्वमा विभिन्न १५ वटा साइकल सङ्कलन गरी प्रहरीलाई बुझाइएको हो । इलाका प्रहरी कार्यालय माडीमा सोमबार बिहान औपचारिक कार्यक्रम गर्दै चितवन जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुल बहादुर थापा मार्फत साइकल प्रदान गरिएको हो ।

कार्यक्रममा प्रहरी उपरीक्षक थापाले जनताले प्रदान गरेको साइकलको सही सदुपयोग हुने बताए । ‘समाजमा घट्ने अपराध नियन्त्रणको लागि साइकल एउटा सिम्बोल हो’ थापाले भने, –‘यसलाई प्रहरीले वायुपङ्खी घोडाको रुपमा लिएर जनताको सेवामा लाग्ने विश्वास लिएको छु ।’

माडीका प्रहरीले जनताको भरोसालाई नतोड्ने र सहि ठाउँमा सदुपयोग गर्नेमा आफू विश्वस्त रहेको थापाले बताए । जनताहरुले प्रदान गरेको साइकललाई प्रहरीले राम्रो सदुपयोग गर्दै उनीहरुको लगानी सही ठाउँमा लगानी गरेका रहेछौँ भन्ने वातावरण बनाउन समेत थापाले माडीका प्रहरीलाई आग्रह गरे ।

उक्त कार्यक्रममा दाताको तर्फबाट श्रीप्रसाद दवाडीले समाजमा अपराध नियन्त्रण गर्नको लागि आफूहले प्रहरीलाई साइकल प्रदान गर्ने बताए ।

वैशाख ६ गते भएको सार्वजनिक सुनुवाइमा प्रहरीले राम्रोसँग गस्ती गर्न नसकेको गुनासो आउँदा माडीका प्रहरीसँग सवारी साधन नभएको गुनासो आएपछि आफूहरुले साइकल प्रदान गरेको बताए । माडी प्रहरीसँग साइकल भएपछि समाजमा हुने अपराध नियन्त्रण गर्न प्रहरी सक्षम हुनेमा आफू आशावादी रहेको दवाडीले बताए ।