सप्तरी, २८ वैशाख । सप्तरीमा विगतमा घटेका विभिन्न आपराधिक घटनाहरुमा बेपत्ता र हत्या गरी मारिएकाको खोजी गर्ने क्रममा आज सप्तरीको जन्डोल–८ स्थित मोहनी खोलाबाट एक महिलाको कङ्काल फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको विशेष अनुसन्धान टोलीले आज खोजी गर्ने क्रममा उक्त कङ्काल भेटिएको हो ।
प्रहरीको विशेष टोलीले आज उत्खनन् गर्दा मानव कङ्काल भेटिएको नायब प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियाले बताउनुभयो । उत्खनन् गरी निकालिएको कङ्काल जिल्लाको जन्डौल गाविस–६ बस्ने धिरेन्द्र साहकी ३२ वर्षीया पत्नी गोरीनिया भनिने दुलारीदेवी साहको हुनसक्ने प्रहरीको अनुमान रहेको रहेको छ ।
गत २०६९ साल सोही गाविसको जङ्गलमा एक भट्टराई दम्पतीको हत्या भएको थियो र सोही आरोपमा साहलाई दुई वर्षको सजाय सुनाएपछि फरार अभियुक्त भएको अनुसन्धानले खुल्न आएको सप्तरीका डिएसपी चिमरियाले भन्नुुभयो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ । रासस















प्रतिक्रिया