
काठमाडौं, १६ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ३ हजार ६ सय ४२ जनाको नमूना परीक्षण गरिएकोमा ५९ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, आज २१ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।
हाल देशभर ५ सय ५३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।













प्रतिक्रिया