
काठमाडौं, १६ कात्तिक । नेकपा एमालेका नेता तथा विदेश विभाग प्रमुख राजन भट्टराईले आगामी मंसिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनपछि एमालेको सरकार बन्ने दाबी गरेका छन् ।
प्रवासी नेपाली मञ्चले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले एमालेको सरकार बनेपछि ईपिजीको प्रतिवेदन कार्यान्वयनका लागि जोड दिने बताए ।
यसअघि ईपिजीको प्रतिवेदन बुझ्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएका कारण अगाडि बढ्न नसकिएको स्पष्ट पारे ।
सन् २०१६ मा गठित ईपिजीले सन् २०१८ को जुलाईमा प्रतिवेदन तयार पारेर दुवै देशको प्रधानमन्त्रीलाई बुझाउने निर्णय गरेको भएपनि प्रधानमन्त्री मोदीले प्रतिवेदन नबुझेका कारण अड्किएको उनको भनाई थियो ।













प्रतिक्रिया