
काठमाडौं, १४ कात्तिक । जिल्ला खेलकुद समिति कञ्चनपुरले गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता कञ्चनपुरका खेलाडीलाई सम्मानित गरेको छ । पदक विजेता ५७ खेलाडीलाई आज सम्मानित गरिएको हो ।
नवौँ राष्ट्रियमा सुदूरपश्चिमको प्रतिनिधित्व गरेका विभिन्न खेलका पदक विजेता खेलाडीलाई सम्मानित गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुवेर खड्काले जानकारी दिए ।
उनीहरुलाई जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिका-४ का वडाध्यक्ष शुशील भट्ट, नेपाल बक्सिङ सङ्घका केन्द्रीय अध्यक्ष राम अवाले, ओलम्पियन रामबहादुर गिरीलगायतले खादा ओढाएर सम्मान गरेका थिए ।
कञ्चनपुरबाट प्रतिनिधित्व गरेका खेलाडीले आठ स्वर्ण पदक जितेका थिए । अन्य खेलाडीले रजत तथा कास्य पदक प्राप्त गरेका थिए ।













प्रतिक्रिया