
काठमाडौं, १५ कात्तिक । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने भिजन आफ्नो पार्टीसँग मात्र रहेको बताएका छन्। चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा लाइभ डिबेटमा उहाँले अघिल्लो निर्वाचनमा एमालेलाई बहुमत नदिएकाले सरकार स्थिर नभएको उनले दाबी गरेका हुन् ।
‘हामीसँग १२१ सिट उपलब्ध थियो । बहुमत थिएन । सरकार गठन गर्न १३८ सिट चाहिन्थ्यो । सरकार बनाउन अर्को पार्टी चाहिन्थ्यो । फागुन ३ गतेसम्म सरकार बन्न दिइएन ।निर्वाचन आयोगबाट परिणाम राष्ट्रपति कार्यालय पुग्न अढाई महिना लाग्यो । अर्को पार्टीसँग एकता गरेर बहुमत पुर्याऔं । तर त्यो टिकाउ भएन । जनताका काम गर्न व्यवधान कसले गरेको छ ? सबैले थाहा पाएका छन्,’ ओलीले भने।
ओलीले एमाले फोड्न मध्यरातिसम्म संसद् बैठक राखेर अध्यादेश जारी गरिएको आरोप लगाए। एमालेले कारबाही गरेकालाई निष्कासन नगरेर २० प्रतिशत पुर्याई नयाँ पार्टी गठन गरिएको भन्दै उनले आक्रोश व्यक्त गरे । उनले एमालेभित्र बसेर एमाले कमजोर बनाउने तत्व बाहिरिएको भन्दै जनताले आफ्नो पार्टीलाई भोट हाल्ने दाबी गरे ।
‘एमालेसँग मात्र देश बनाउने भिजन छ । काम गर्ने क्षमता छ । एमालेको सुदृढ बहुमतविना देशको विकास हुँदैन । सुशासन र विकासको बाटोमा एमालेले लैजान्छ । त्यसैले एमालेलाई बहुमत दिन आवश्यक छ । एमालेले जारी गरेको घोषणापत्र जनता अल्मल्याउन होइन, विकास गर्नका लागि हो । विकासका निम्ति प्रतिबद्ध छौं,’ उनले भने ।













प्रतिक्रिया