२८ आश्विन २०८३, बुधबार

जनयुद्वको पापको भारीले हामीलाई थिच्दैछ: वरिष्ठ उपाध्यक्ष पोखरेल

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कात्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर-५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ईश्वर पोखरेलले जनयुद्वलाई स्मरण गर्दा अहिले पनि डर पैदा हुने गरेको बताएका छन् ।

काठमाडौंको बाँसबारीमा मतदाताहरुसँग अन्तर्क्रिया कार्यक्रममा बोल्दै पोखरेलले जनयुद्वका घाउ आजसम्म नि आलै रहेको बताए । जनयुद्वमा कि बन्दुक बोकेर हिँडनुपर्ने कि त मारिनुपर्ने अवस्था रहेको स्मरण गर्दै पोखरेलले देशलाई जनयुद्वले दशौँ वर्ष पछाडि धकेलेको जिकिर गरे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले जनयुद्वकै कारण गाउँ खाली भएको, खेतबारी बाँझो भएको पापको भारीले अहिले थिचिरहेको बताए । जनयुद्वको त्यहि तत्व अहिले राजनीतिक अस्थिरता कायम गर्न लागिपरेको पोखरेलको भनाई छ ।

पोखरेलले यस्ता राजनीतिक अस्थिरताका कारकहरुलाई अब जनताले चिन्न ढिला गर्न नहुने बताए । देशमा अहिले कुशासन चलिरहेको भन्दै देशलाई सुशासनमा लैजाने एकमात्र पार्टी एमाले भएको पोखरेलले दाबी  गरे ।