काठमाडौं, १२ कात्तिक । कालीकोटमा बम बिष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ । तिलागुफा नगरपालिकामा आइतबार बिहान भएको विष्फोटमा परि ३ जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा तिलागुफा नगरपालिका–१० की ४ वर्षीया झरना थापा र ४ वर्षकी सरस्वती राना रहेका छन् । घाइते हुनेहरुमा ७ वर्षीय कमल थापा, ५ वर्षका मुस्कान थापा र ३ वर्षकी सपना थापा रहेका छन् ।
घाइतेहरुको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई सेनाको हेलिकप्टरबाट उपचारका लागि सुर्खेतको प्रादेशिक अस्पतालमा ल्याइएको छ । जंगलमा भेटिएको बम बालबालिकाले चलाउँदा बिष्फोट भएको प्रहरीले जनाएको छ ।
बम जनयुद्वको समयमा राखिएको हुन सक्ने बताइएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।













प्रतिक्रिया