२८ आश्विन २०८३, बुधबार

पत्याउनुहुन्छ, बेलायतका राजा भन्दा धनी छन् ऋषि सुनक !

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ कात्तिक । बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका ऋषि सुनक अहिले विश्वभर चर्चामा छन् । उनी यति धेरै चर्चामा आउनुमा एक मात्रै नभई धेरै कारण रहेका छन् ।

उनी बेलायतको प्रधानमन्त्री बन्ने पहिलो एसियाली ब्रिटिस नागरिक हुन । यस्तै उनी बेलायतको दुई शताब्दीपछि कै कान्छो प्रधानमन्त्रीका रुपमा पनि चर्चामा छन् । यति मात्रै हैन मुख्य त सुनक बेलायतको सबै भन्दा धनी व्यक्तिको सूचीमा पर्छन ।

उनको सम्पती बेलायतका राजाको भन्दा धेरै छ भन्दा धेरैलाई पत्याउन गार्हो पर्ला तर यो सत्य हो । भारतीय अर्बपति नारायण मुर्तिकी छोरी अक्षता मुर्तिसँग विवाह गरेका सुनक दम्पतीको कुल सम्पती ७ सय ३० मिलियन पाउण्ड रहेको छ जबकि बेलायतका राजा चार्ल्सको सम्पती ३ सय ५० मिलियन पाउण्ड मात्रै रहेको छ ।

सुनक बेलायतको २ सय ५० धनि व्यक्तिहरुको सूचीको २ सय २२औँ नम्बरमा पर्छन । सुनकको लण्डन, यार्कशायर, लस एन्जलस् र क्यालिफोर्नियामा गरि चारवटा घर रहेका छन् । लण्डनमा रहेको घरको मूल्य मात्रै ७ मिलियन रहेको छ ।