
काठमाडौं, ९ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरु गरेको शसस्त्र जनयुद्वमा होमिएका एक युवा अहिले प्रचण्डकै प्रतिस्पर्धीका रुपमा खडा भएका छन् ।
चितवनलाई छाडेर निर्वाचन लड्नका लागि गोरखा पुगेका प्रचण्डको प्रतिस्पर्धी बनेका छन् सुशील पन्त । १५ वर्षको उमेरमा पन्त शसस्त्र जनयुद्वमा ज्यानको आहुति दिन तयार भएर लागेका थिए । उनका भाइ त अहिलेसम्म बेपत्ता नै छन् ।
अहिले पन्तले प्रचण्डको बाटो छाडेर फरक बाटो रोजेका छन् । गोरखा २ मा प्रचण्डका प्रतिस्पर्धीका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ४७ वर्षीय पन्त उम्मेदवार छन् ।
गोरखा नै जन्मथलो भएका पन्त टुरिस्ट उम्मेदवार बनेर गोरखा पुगेका प्रचण्डका लागि चुनौती बनेका छन् । भोट र्बैँकको रुपमा गोरखावासीलाई प्रयोग गर्न पुगेका प्रचण्डलाई गोरखाका जनताले नै ठेगान लगाउने पन्तको विश्वास छ ।













प्रतिक्रिया