
काठमाडौं, ९ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्र्यापण गरेका छन् ।
नेपाल संवत् ११४३ को अवरमा भक्तपुरको मध्यपुर थिमिस्थित शंखधर चोकमा आयोजित कार्यक्रममा देउवाले साख्वाको प्रतिमामा माल्र्यापण गरेका हुन् ।
राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गराएका थिए । त्यही दिनदेखि नै नेपाल संवत् मनाउँदै आएको छ ।













प्रतिक्रिया