
काठमाडौं, ८ कात्तिक । रुपन्देही क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेको गृहमन्त्री बालकृष्ण खाँड निर्वाचन आचरसंहिता तोड्दै मत माग्नमा व्यस्त छन् ।
गृहमन्त्री खाँडले सिद्वार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खानलाईसमेत आफ्नो प्रचारमा लगाइरहेका छन् । जबकि निर्वाचन आचार संहिता २०७९ को दफा ५ मा स्थानीय सरकारका प्रमुखले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्षमा वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन नपाउने व्यवस्था रहेकोमा आचारसंहिता तोड्दै मेयर गृहमन्त्रीको भोट माग्नमा व्यस्त छन् ।
यस्तै, भोट माग्ने क्रममा गौतमबुद्व बिमानस्थलमा जागिर लगाइदिने प्रलोभन देखाउँदै गृहमन्त्री खाँडले भोट मागिरहेको स्थानीयले बताएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले जागिरको प्रलोभन देखाएर भोट मागेको भन्ने उजुरी अहिलेसम्म नपरेको र उजुरी आएमा कारबाही अगाडि बढाउने बताएको छ ।













प्रतिक्रिया