५ कार्तिक २०८३, बिहिबार

मुलुकको राजनीतिलाई प्रदुषित गर्ने आपराधिक धन्दालाई एमालेले चिर्छ: वरिष्ठ उपाध्यक्ष पोखरेल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ कात्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनको एकमात्रै उदेश्य एमाले सिद्धाउने मात्रै रहेको बताएका छन् ।

गठबन्धनको दृष्टिकोण, उद्देश्य, कार्यक्रम, गन्तव्य नरहेको र एमाले सिद्धाउनमा मात्रै ध्यान केन्द्रीत रहेको उपाध्यक्ष पोखरेलले बताएका हुन् । एमालेको उदेश्य राजनीतिक स्थायित्व, मुलुकको बिकास र हित मात्रै रहेकाले जनताले विश्वास गर्ने पोखरेलको भनाई छ ।

नीतिहिन, सिद्धान्तहिन र अस्थीरता सिर्जना गर्नेलाई पाखा लगाएर मुलुकलाई बिकासको बाटोमा अघि बढाउनुपर्ने पोखरेलले बताए । त्यस्तै पोखरेलले तिहार लगतै एमालेले पार्टीको घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिए ।

घोषणापत्रमा यसअघि एमाले सरकारले गरेका काम र योजनाहरु आउने बताए । अहिले पनि मुलुकको राजनीतिलाई प्रदुषित गर्ने अपराधिक धन्दा चलिरहेको भन्दै पोखरेलले त्यसले सिर्जना गरेका भ्रमहरुलाई एमालेले चिर्ने जिकिर गरे ।