
काठमाडौं, ८ कात्तिक । नेपालका लागि चिनिँया राजदूत होउ यान्छीको कार्यकाल सकिएको छ ।
यान्छीले मंगलबार सामाजिक सञ्जालमा स्टाटस् लेख्दै कार्यकाल सकिएको जनाएकी हुन् । ट्विटरमा स्टाटस लेख्दै आफूले थप गरेको एक वर्षे कार्यकाल पूरा गरेर बिदा हुन लागेको उल्लेख गरेकी छिन् ।
‘सुन्दर देश नेपालमा बस्दा आफूले आनन्द महसुस गरेको उल्लेख गर्दै यान्छीले त्यो अनुभव र माया बोकेर जान लागेकी छु,’ उनले लेखेकी छिन् ।
नेपालमा रहँदा आफूप्रति देखाएको माया र सदभावका लागि उहाँले सम्पूर्ण नेपालीलाई धन्यवादसमेत दिएकी छन् । आफ्नो चार वर्षे कार्यकाल पूरा गरी यान्छी बेइजिङ फर्किन लागेकी हुन् ।
चीन सरकारले राजदूत होउलाई बढुवा गरि दक्षिण पूर्वी एसियाली देशहरूको संगठन आसियान हेर्ने गरी इन्डोनेसियाको राजदूत बनाएको छ । यान्छी सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रूपमा नेपाल आएकी थिइन् ।













प्रतिक्रिया