काठमाडौं, ७ कात्तिक । नेकपा एमाले तनहुँ क्षेत्र नं २ क का उम्मेदवार केदार सिग्देलले अबको प्रधानमन्त्री केपी शर्मा ओली हुने बताएका छन् ।
रिसिङमा आयोजित कार्यक्रममा बोल्दै ओली सरकारको पालमा नै देशमा आर्थिक शुसाशन र विकास निर्माण अगाडि बढेको भन्दै उनले एमालेको सरकारले मात्र देशलाई समृद्व र जनतालाई सुखी बनाउने बताए ।
एमालेको सरकार हुदाँ देशमा चुच्चे नक्सा जारी भएको भारतिय हस्तक्षेपकोविरुद्ध लड्ने काम भयो बताए । एकैपटक देशका सबै पालिकामा १० शैयाको अस्पताल बनाउने कामको शुरुवात भयो ।
नेकपा (एमाले) को नेतृत्वले गरेको काम मनमोहन सरकार पछिको ठुलो लोकप्रिय सरकार बनेको उनको भनाई थियो । देश विकास नचाहने तत्वले विभिन्न नाममा सरकार र एमालमाथि प्रहार गरेर ओली सरकारलाई विस्थापित गरेको उनले बताए ।
जनताले ओली सरकारले गरेको कामको मुल्यांकन गरिरहेको भन्दै मंसिर ४ पछि सानदार मतसहित पुन सरकारको नेतृत्व गर्ने दावी समेत उनले गरे ।













प्रतिक्रिया