काठमाडौं, ७ कात्तिक । एट्लेटिको मड्रिडले ला लिगा फुटबलमा घरेलु टोली रियल बेटिसलाई पराजित गरेको छ ।
आइबार राति भएको खेलमा एट्लेटिकोले २ १ गोलको जित निकालेको हो । एट्लेटिकोको जितमा ग्रिजम्यानले दुवै गोल गरेका थिए ।
उनले खेलको ५४ औं मिनेटमा एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए । ७१ औं मिनेटमा उनले एट्लेटिकोको लागि दोस्रो गोल थपे ।
जित सहित एट्लेटिको ११ खेलबाट २३ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । रियल बेटिस २० अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।













प्रतिक्रिया