२८ आश्विन २०८३, बुधबार

राष्ट्रपति भण्डारी साइत निकाल्ने कार्यक्रममा सरिक

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी ललितपुरको ढेचोस्थित नवदुर्गा देवी नाचको १२ वर्षे मेला र श्वेत भैरव निकाल्ने साइत कार्यक्रममा आज बिहान सरिक भएकी छिन्।

सो अवसरमा उनले नवदुर्गा देवीको पूजाआर्चना गरी टीका प्रसाद ग्रहण गरेकी छिन् ।

राष्ट्रपति भण्डारीलाई गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेका थिए ।