
काठमाडौं, ६ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन राप्रपाको एकमात्रै प्रतिष्पर्धी नेकपा एमाले रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित तिहारको शुभकामना अदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र एकसय सिट भन्दा तल खुम्चिसकेको भन्दै एमाले मात्र प्रतिष्पर्धी रहेको बताएका हुन् ।
कांग्रेस र माओवादीलाई इंगित गर्दै लिङदेनले असफल भइसकेका पार्टीलाई भोट हाल्दा जनताले दुख पाउने उल्लेख गरे ।
उनले कांग्रेस र माओवादीलगायतका दलका मतदाताहरुले अहिले राप्रपाको सक्रियता खोजिरहेको उल्लेख गर्दै कांग्रेस, कम्युनिस्टको झण्डा धुरीमा राखेर राप्रपालाई भोट दिन तयार रहेको बताए ।
आगामी निर्वाचनबाट राप्रपा अग्रणी पार्टी भन्ने पनि लिङदेनले दाबी गरे ।













प्रतिक्रिया