
काठमाडौं, ५ कात्तिक । दोलखाबाट प्रतिनिध्सिभा उम्मेद्वार बालकृष्ण शिवाकोटीले समृद्धिको राजनीति र हिंसाबीच कुनै कोणबाट प्रतिष्पर्धा हुन नसक्ने बताएका छन् ।
दोलखाको भिमेश्वर नगरपालिका–७ मकैबारीस्थित घरदैलो कार्यक्रममा उनले हिंसाको राजनीतिमा विश्वास गर्नेहरु अझै पनि बिगतको धङ्धङ्गीबाट मुक्त हुन नसेको बताउँदै समृद्धिका लागि ‘इनोभेटिभ’ उद्यम नै वर्तमानको आवश्यकता रहेको बताए ।
नेपालीहरु प्नि हिंसाको मारमा परेको स्मरण गर्दै हिंसाबाट समृद्धि प्राप्त गरेको उदाहरण संसारमा कतै नभएको उनले जिकीर गरे । हिजोको हिंसाकोे परिणाम नेपालीहरुले आज पनि भोगिरहेको उनले बताए । “उद्यमले रोजगारी सीर्जना गर्छ । हजारौको भोको पेट भर्छ । हामी उद्यममार्फत मुलुकलाई समृद्ध बनाउन चाहन्छौं । उनले भने, तर, हिंसामा विश्वास गर्नेहरु यसलाई ध्वस्त पार्न चाहन्छ । त्यसो हुँदा समृद्धिको राजनीति र हिंसाबीच कुनै प्रतिष्पर्दा हुँदैन ।”
मुुलुकको शासन व्यवस्था बदलिएसँगै राजनीतिक अधिकारका मुद्दा समाप्त भएका हुँदा समृद्धि नै अहिलेको मुल मुद्दा भएको उनले बताए । प्रत्येक नागरिक उद्यमशिल बन्न सके मात्रै समृद्ध नेपाल बन्ने हुँदा प्रत्येक नागरिकउत्पादनमा जोडिन आवश्यक रहेको उनको भनाई थियो ।

“मुलुकमा राजतन्त्रको अन्त्य भयो । नयाँ व्यवस्था आयो । नयाँ संविधान बन्यो । त्योसँगै हामीले राजनीतिक अधिकारका बिषयलाई बिट मारेका छौं । अब आवश्यकता छ समृद्धिको । यसका लागि उद्योग कलकारखाना खोलिनु पर्छ । प्रत्येक नागरिक उद्यमी बन्नुपर्छ’, उनले भने,‘ यसो हुन सके मात्रै रोजगार सीर्जना हुन्छ । खाडीको चर्को घाममा नेपाली दाजुभाइ जानुपर्ने बाध्यता अन्त्य हुन्छ । यस अभियानको पक्षपाती हुँ म । त्यसो हुँदा ध्वंसमा विश्वास गर्नेहरुसँग मेरो कसरी प्रतिस्पर्धा हुन्छ ?”
उद्यममार्फत आफ्ना सबै व्यक्तिगत आवश्यकता पुरा भएको हुँदा अबको जीवन मुलुक बिकासमा लगाउने उनको भनाई थियो । कार्यक्रममा एमाले जिल्ला समिति अध्यक्ष तथा दोलखा (ख) को उम्मेद्वार नरबहादुर श्रेष्ठले समृद्धि बिनाको राजनीति अब ‘आउट डेटेड’ भएको बताए ।
उनले भने,”राजनीतिक अधिकारका मुद्दा अहिलेको आवश्यकता होइन । ब्यवस्था परिवर्तनसँगै यी पुरा भइसके । समृद्धि नै अहिलेको आवश्यकता हो । त्यसो हुँदा अबका हरेक युवा उद्यमी बन्नुपर्छ । उत्पादनसँग जोडिनुपर्छ । एमाले यही मुद्दा बोकेर जनतामाझ आएको छ । मंसिर४ मा मतमार्फत जनताले यसलाई अनुमोदन गर्नेछन् ।”















प्रतिक्रिया