
काठमाडौं, २ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले २३/२४ वर्ष सरकार चलाउँदा पनि काम गर्न नसकेको बताएका छन् ।
झापा १ मा आयोजित एमाले र राप्रपासँगको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै ओलीले कांग्रेससँग काम गर्ने कुनै भिजन नै नभएको टिप्पणी गरे ।
ओलीले कांग्रेसलाई काम कसरी गर्ने भन्ने एमालेबाट सिक्न आग्रह गरे । कांग्रेसले चुनावी घोषणापत्रमा लेख्ने कुनै एण्डासमेत नपाएको ओलीले बताए ।
यो पटक पनि कांग्रेसले पुरानै घोषणापत्र ल्याउने भन्दै भ्रममा नपर्न जनतालाई आव्हान गरे । जनतालाई गठबन्धनको दबाबबाट मुक्त गराउन लाग्न नेता-कार्यकर्तालाई ओलीले निर्देशनसमेत दिए ।















प्रतिक्रिया