मुम्बई । सन्नी लियोन पछिल्लो समय सबैभन्दा चर्चामा रहेकी बलिउड सेलिब्रेटी हुन् । गत वर्ष उनी इन्टरनेटमा सर्च गरिने पहिलो नम्बरकी बलिउड सेलिब्रेटी घोषित भइन् । भारतीय मुलकी क्यानेडिन पोर्न स्टार सन्नीले प्रवेश गरेको छोटै समयमा धेरै सफलता पाइसकेकी छिन् । उनका साना-साना कुरा पनि मिडियामा छाउने गर्छ ।
अर्थात सन्नी अहिले बलिउडकी ‘हककेक’ एक्ट्रेस बनेकी छिन् । सन्नीको जन्म १३ मे १९८१ मा क्यानडाको सार्निया सिटीमा भएको थियो । उनको बाबु तीब्बत र आमा हिमाञ्चल प्रदेशका हुन् । सन्नी जन्मनुभन्दा केही पहिले उनीहरु क्यानडा पुगेका थिए । सन्नी बाल्यकालमा बास्केटकल खेलमा निकै पोख्त थिइन् । उनले पहिलो किस स्कुलमा पढ्दा ११ वर्षको हुँदा गरेकी थिइन् भने १६ वर्षमै आफ्नो भर्जिनिटी गुमाइसकेकी थिइन्। त्यतिबेलादेखि सेक्सप्रति उत्सुक हुँदै गएको उनले मिडियालाई बताएकी थिइन् ।
पोर्न फिल्म खेल्न थाल्दा सन्नी जम्मा १९ वर्षकी थिइन् । जब उनले आफ्नो पेशाको बारेमा परिवारलाई भनिन्, तब उनको पञ्जाबी परिवारले ठाडै अस्विकार गरें। तर उनले परिवारलाई ढाँटेरै काम गर्न थालि्न् । एकैपटक सन् २००३ मा ‘पेन्टहाउस अफ द इयर’ घोषित भएपछि मात्र परिवारले सन्नीले पोर्न फिल्म खेलेको थाहा पाएका थिए ।
‘पेन्टहाउस अफ द इयर’को उपाधी पाएपछि पोर्न उद्योगमा सन्नीको माग निकै बढेको थियो । सोही कारण उनलाई चर्चित वीवीद प्रोडक्सनले तीन वर्षको कन्ट्रयाक साइन गराएको थियो । जतिबेला पोर्न उद्योग आर्थिक रुपमा संकटमा परेका थिए । सन्नी पोर्न फिल्मकी हिरोइन मात्र होइन, निर्मात्री पनि हुन् । सनलस्ट पिक्चर नामक उनको आफ्नो प्रोडक्सन कम्पनी रहेको छ । सन्नीका पति डानियल बेबर पनि पोर्न स्टार हुन् ।
तर उनले पनि बलिउडमा डेब्यु गरिसकेका छन् । सन्नीकै लिड रोल रहेको ‘ज्याकपट’मा डानियललाई पनि देख्न सकिन्छ। डानिलय पतिसँगै उनको पर्सनल म्यानेजर पनि हुन् । सन्नीले हालसम्म करिब ३० भन्दा बढी पोर्न फिल्म खेलिसकेकी छिन् तर अब उनी बलिउडको मेनस्ट्रिम हिरोइन बन्न चाहान्छिन् । त्यसैले हाल उनी बलिउडमा संघर्ष गर्दैछिन् ।





















प्रतिक्रिया