३० आश्विन २०८३, शुक्रबार

भूकम्प पीडितलाई दोहोरीगीत प्रतिष्ठानसहित ३ संस्थाको संयुक्त राहत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sindhupalchok (4)

सिन्धुपाल्चोक, २५ वैशाख । बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पबाट क्षतविक्षत बनेका सिन्धुपाल्चोकको विकट गाउँ नवलपुर गाविसमा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, प्रस्तोता समाज नेपाल र शान्ति नेपाली समाज नेपालले एक साथ भएर राहत बितरण गरेको छ ।

नवलपुर गाविसको वडा नं. १, २, ३, ९ मा अहिलेसम्म कुनै पनि संघसंस्था र सरकारी तबरबाट राहत पुग्न नसकेको अवस्थामा उक्त टोली पुग्न सफल भएको हो । यो भन्दा अगाडि केही संघसंस्थाले त्यस क्षेत्रमा लैजाने प्रयास भएको भए पनि बीच बाटोमा गुण्डाहरुले लुटेर लैजाने गरेको गुनासो सुनाउँदै स्थानीयले पहिलोचोटी राहत पाएकोमा खुशी व्यक्त गरेका थिए ।

लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्मा, वरिष्ठ उपाध्यक्ष बद्री पंगेनी, प्रस्तोता नेपालका अध्यक्ष हेमन्त शर्मा, गायिका रमिला न्यौपाने र शान्ति नेपाली समाज नेपालका अध्यक्ष सूर्य शर्मा, उपाध्यक्ष पोमलाल भण्डारी लगायतको कार्यसमितिका सदस्यहरु, एभिन्यूज टेलिभिजनका राजेन्द्र बानियाँ, म्यूजिक खबर डटकमका सुमन बैरागी एवं स्थानीय रुपमा गायक हरिबहादुर थापा, सुवास अधिकारी लगायतका साथमा त्यस क्षेत्रमा राहत बितरण गरिएको थियो ।

sindhupalchok (3)

यो समूहले राहत बितरणमा २०० थान ब्ल्यांकेट, २०० थान पाल, १० बोरा चिउरा, ४० कार्टुन चाउचाउ, चामल लगायतका खाद्यन्न बितरण गरेको थियो । प्रतिष्ठानका उपाध्यक्ष बद्री पंगेनीले विशेष गरी विदेश गएर एक्लो भएका परिवार, एकल महिला, दलित र गरीबलाई विशेष ध्यान दिएर राहत बितरण गरिएको बताएका थिए ।

त्यस्तै शान्ति नेपाली समाज नेपालका अध्यक्ष सूर्य शर्माले पीडितहरुको दुःखमा साथ दिन पाएको खुशी व्यक्त गर्दै आफूहरुले सकेको सहयोग उपलब्ध गराएको बताएका थिए । नवलपुरको पाडा मरुवा, स्वारा, मुले, बाडे गाउँका बासिन्दालाई उक्त राहत सामग्री बितरण गरिएको थियो ।

यो सहयोग बितरणका लागि फन्ड जुटाइदिने शान्ति नेपाली समाज युके, सिर्जनशील नेपाली समाज लेसेस्टर, नेपाली समाज पेटरबर्ग, नोटिङघाम नेपाली समाज, हाम्रो नेपाली समाज वेष्टमिडल्याण्ड, साझा नेपाली समाज वेष्टमिडल्याण्ड एण्ड क्याम्ब्रिज, श्री पशुपतिनाथ टेम्पल युके, भिजन ह्युमनिटी, वल्भर्मटन जस्ता संघसंस्थाहरु रहेका छन् । दुःखको बेला एकले अर्कोलाई सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ यी संघसंस्थाले नेपालका संघसंस्थासँग हातेमालो गर्दै राहतको लागि सहयोग गरेको हो ।

सम्पूर्ण कलाकर्मी एकसाथ भन्ने मूल मन्त्रका साथ सहयोगका लागि हिडेका कलाकार टोलीहरु अझै थाकेका भने छैनन् । उनीहरु एकपछि अर्को दुर्गम भेगमा राहत लिएर गइरहेका छन् । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले अब केही दिनमै गोर्खाका केही क्षेत्रमा करिब ५ लाखभन्दा माथिको राहत कार्यक्रम लिएर जाने भएको पनि प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माले बताए । शर्माले यो बेला सबैले आआफ्नो ठाउँबाट सकेको सहयोग गर्दै अघि बढ्नुपर्ने बताउँदै प्रतिष्ठानले भुकम्प पीडितहरुलाई राहत बितरणमा लागिरहनुपर्ने बताए ।

sindhupalchok (2)   sindhupalchok (6) sindhupalchok (7)