
सप्तरी, १५ असोज । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिबार) सप्तरी आउँदै छन् ।
जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को कञ्चनरुप नगरपालिका १२ नम्बर वडा स्थित धर्मेश्वर अस्पताल नजिक मैदानमा हुने आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली सप्तरी आउने कार्यक्रम तय भएको जिल्ला अध्यक्ष ताराकान्त चौधरीले जानकारी दिए ।
पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको मधेस प्रदेश कमिटीको आयोजनामा हुन लागेको आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली शनिबार सप्तरी आउने कार्यक्रम रहेको र कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको पार्टीका जिल्ला अध्यक्ष चौधरीले बताए ।
कार्यक्रममा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन लक्षित युवा संघको प्रदेश स्तरीय निर्वाचन परिचालन कमिटी, मधेस युथ फोर्स तथा साइबर सर्कल घोषणा हुने युवा संघका जिल्ला इन्चार्ज मनिष श्रेष्ठले बताए ।












प्रतिक्रिया