काठमाडौं । विचौलिया इनम सापकोटासहित ३ जनालाई थप सात दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतले ईनम सापकोटा, महेश श्रेष्ठ र सुशील भट्टलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
ईनम सापकोटाविरुद्ध राष्ट्र बैङ्क ऐन र सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत तथा अन्य दुईविरुद्ध सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत अनुसन्धान भइरहेको छ । ईनमसँग कनेक्सन देखिएपछि महेश श्रेष्ठ र सुशील भट्ट पक्राउ परेका थिए ।
श्रेष्ठ कीर्तिपुरमा सञ्चालित पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल हुन् । भट्ट लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीइओ) हुन् । श्रेष्ठ र भट्टविरूद्व सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ ।












प्रतिक्रिया