काठमाडौं । वैदेशिक रोजगारीका नाममा गैरकानुनी रूपमा रकम संकलन गरी मलेसिया पठाएको आरोपमा पक्राउ परेका पूर्वमन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित ६ जनालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
बिहीबार जिल्ला अदालत, काठमाडौंले उनीहरूलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो। उनीहरू बुधबार राति पक्राउ परेका थिए । पक्राउ पर्नेमा पूर्वमन्त्रीद्वयसँगै श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, सहसचिव उमेश ढुंगाना, सहसचिव राजिव पोखरेल र उपसचिव निर्मला गुरुङ रहेका छन्।
उनीहरूविरुद्ध ठगी तथा संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।












प्रतिक्रिया