३ मंसिर २०८३, बिहिबार

कर्णालीमा पाँच सय ४१ जनालाई डेंगु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १४ असोज । कर्णाली प्रदेशभर पाँच सय ४१ जना डेंगुबाट संक्रमित भएका छन् । सबैभन्दा बढी सुर्खेतमा डेंगुबाट चार सय २२ जना संक्रमित छन् ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालय वीरेन्द्रनगरका अनुसार सल्यानमा २२, जुम्लामा २२, कालीकोटमा २१ र दैलेखमा १४ जना डेंगुबाट संक्रमित छन् । यस्तै रूकुमपश्चिममा १८, हुम्ला र डोल्पामा एक–एक जना डेंगुबाट संक्रमित रहेको प्रदेश स्वास्थ्य सेवा कार्यालय सुर्खेतका डेंगु रोग नियन्त्रण फोकल पर्सन श्याम आचार्यले जानकारी दिए ।

सुर्खेतको वीरेन्द्रनगर क्षेत्र डेंगु संक्रमणको रेडजोनमा छ । वीरेन्द्रनगरमा हालसम्म दुई सयभन्दा बढी डेंगुबाट संक्रमित छन् । प्रदेश अस्पतालका डा केएन पौड्यालले लामखुट्टे नियन्त्रणका साथै बिरामीलाई झुलभित्र राखेर उपचार गर्नुपर्ने बताए । डेंगु पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । संक्रमितलाई टोकेको लामखुट्टेले अन्य व्यक्तिलाई टोकेमा डेंगु फैलिन्छ ।