
काठमाडौं, १२ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार १८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ८१८ जनामा गरिएको परीक्षणमा थप ३८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसंगै देशभर सक्रिय संक्रमितको संख्या १ हजार १२२ जना सक्रिय संक्रमित पुगेको मन्त्रालयले जनाएको छ । बुधबार थप ५२ जना संक्रमित संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।













प्रतिक्रिया