३ मंसिर २०८३, बिहिबार

भारतबाट दूध आयात गर्ने गठबन्धन सरकारको निर्णय अनुपयुक्तः कमल थापा

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमै उत्पादित दूधले बजार नपाएको र बिक्री भएको दूधको पनि भुक्तानी नभएको बेला भारतबाट दूध आयात गर्ने सरकारको निर्णय अनुपयुक्त रहेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै थापाले भारतबाट दूध आयात गर्ने सरकारको निर्णय अनुपयुक्त रहेको बताएका हुन् ।

थापाले भनेका छन्ः

नेपालमै उत्पादित दूधले बजार नपाएको र बिक्री भएको दूधको पनि भुक्तानी नभएको बेला भारतबाट दूध आयात गर्ने गठबन्धन सरकारको निर्णय अनुपयुक्त छ।किसान र व्यवसायलाई धरासायी पार्ने यो जनविरोधी निर्णय तत्काल फिर्ता गर्न प्रम शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँछु