
हेटौंडा, ५ असोज । मकवानपुरको हेटौंडाको कर्रा खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका ३ जना बालक मध्ये २ जना मृत अवस्थामा फेला परेका छन् ।
शुक्रबार साँडे ५ बजे हेटौंडा ५ र ७ को सिमाना न्युरेनी नजिक कर्रा खोलामा पौडी खेल्न गएका ३ जना बालक बेपत्ता भएकामा २ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयका निमित्त प्रहरी प्रवक्ता रामचन्द्र घिमिरेका अनुसार बेपत्ता भएका बालकहरुमा २ जनाको शव खोलामा फेला परेको हो ।
घिमिरेले भनेः बालकहरुको परिवारलाई खबर भइसकेको छ । आएपछि मृतक बालकको परिचय खुल्ने छ ।
घिमिरेका अनुसार पौडी खेल्ने क्रममा बेपत्ता हुनेहरुमा हेटौंडा-१५ फारलाइनका १७ वर्षीय साहिल लामा, सोही वडाका १२ वर्षीय कर्साङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक्तान रहेका छन् ।












प्रतिक्रिया