३ मंसिर २०८३, बिहिबार

राप्रपा प्रवेश गर्न रवीन्द्र मिश्रको बाटो खुल्यो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष पद दिने भएको छ ।

बिहीबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा मिश्रलाई वरिष्ठ उपाध्यक्ष दिने सहमति भएको लिङ्देननिकट एक पदाधिकारीले जानकारी दिए ।

उनका अनुसार मिश्रले वरिष्ठ उपाध्यक्ष पद लिन चाहेको र सोही अनुसार पद दिने शीर्ष नेताहरूबीच सहमति भएको छ ।

अब लिङ्देन र मिश्रबीच एक चरणको औपचारिक छलफल र सहमति पछि मिश्रसँगै मिश्र निकट समूह राप्रपामा प्रवेश गर्ने बताइएको छ । राप्रपामा हाल ६ उपाध्यक्ष रहेका छन् । राप्रपाका ८ जनासम्म उपाध्यक्ष हुनसक्ने व्यवस्थामा विधान छ ।