काठमाडौँ, २२ भदौ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने प्रहरीमा बलात्कार गरेको आरोप लगाउँदै उजुरी दिने नाबालिग किशोरीसँग एक होटलमा ७ घन्टा रातिको समयमा बसेको पुष्टि भएको छ ।
उजुरी परेपछि छानबिन सुरु गरिरहेको प्रहरीले होटलको सिसिटिभी फुटेज हेर्दा उजुरी दिने किशोरीसँग लामिछाने ७ घण्टा होटलमा बसेको पुष्टि भएको जनाएको हो ।
सन्दिपलाई पक्राउ पुर्जी जारी गर्न अदालतसँग अनुमति माग्दै प्रहरी, अभियोग पुष्टि भए हुनसक्छ यस्तो सजाए
जिल्ला प्रहरी परिसर काठमाडौँले बुधबार बिहान लामिछानेविरुद्ध जबरजस्तीकरणीको आरोपमा जाहेरी दर्ता भएको पुष्टि गरेको छ । पीडित भनिएको १७ वर्षीया नाबालिकाकी दिदीले प्रहरी बृत्त गौशालामा मंगलबार जाहेरी दिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लामिछानेले भदौ ५ गते काठमाण्डौ र भक्तपुरको विभिन्न स्थानहरूमा लगेर काठमाडौँमा ल्याइ एक होटेलमा राखेर जबरजस्तीकरणी गरेको जाहेरीमा उल्लेख छ । काठमाडौँ-९ स्थित एक होटेलको कोठा नम्बर ३०५ मा सोही राति पटक-पटक जबरजस्तीकरणी गरेको जाहेरीमा उल्लेख छ । ‘रातको अं. २३:५५ बजे र रातको अं. ००:२५ बजे पटक-पटक जबर्जस्ती करणी गरेको उजुरीमा उल्लेख छ’ जिल्ला प्रहरी परिसरले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।











प्रतिक्रिया