५ कार्तिक २०८३, बिहिबार

जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत जाँदै पल शाह

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं,२२ भदौ ।  बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना कैद सजाय तोकिएका अभिनेता पल (पूर्णविक्रम) शाहले उच्च अदालत पोखरामा पुनरावेदन गर्ने भएका छन्। जिल्ला अदालतले बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना कैद, २५ हजार जरिवाना र १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएपछि पुनरावेदन जान लागेका हुन्।

बलात्कार मुद्दामा पल साहले पाए सफाई, बाल यौन दुरुपयोगमा अढाई वर्ष जेल सजायको फैसला

नाबालिकामाथि बलात्कारको मुद्दामा भने मंगलबार नवलपुर जिल्ला अदालतले पल शाहलाई सफाइ दिएको छ।

अदालतको पूर्णपाठ आउनै बित्तिकै पुनरावलोकन निवेदन दिने तयारीमा आफूहरू रहेको पलका कानुनी सल्लाहकार कमलामोहन वाग्लेले बताए।

यसैबीच, तनहुँ जिल्लामा अदालतमा चलिरहेको पलविरुद्धको यस्तै प्रकृति अर्को मुद्दाको पेशी आगामी असोज २ गतेलाई तोकिएको छ।