काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दशैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दशैंको शुभ साइत १० बजेर २६ मिनेटमा गुरू पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन् ।
आफूले टीका ग्रहण गरेपछि उनले प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभ साइतमा टीका र जमरा लगाइदिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।















प्रतिक्रिया