
काठमाडौं, २१ भदौ । अभिनेता पल साहलाई बाल यौन दुरुपयोग गरेको ठहर गर्दै अढाई वर्ष जेल सजाय तोकिएको छ । मंगलबार नवलपुर जिल्ला अदालतका न्यायाधीश न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बलात्कार पुष्टि हुन नसक्ने तर बाल यौन दुरुपयोगको अभियोगमा जेल सजाय तोकेको हो ।
एक गायिकाले आफूमाथि बलात्कार भएको भन्दै साहविरुद्ध मुद्दा दायर गरेपनि बलात्कार पुष्टि हुन नसकेको अदालतको ठहर छ । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल सजाय समेत हुने फैसलामा उल्लेख गरिएको छ ।
साथै पीडकबाट पीडितलाई १० लाख क्षतिपूर्ति भराउने र २५ हजार रुपैयाँ जरिवाना गराउने फैसलासमेत भएको छ । दफा २२५ अनुसार बालयौन दुरुपयोग गरेमा ३ वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।













प्रतिक्रिया