
काठमाडौं, १९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा व्यवसायी अरूण सुवेदी नियुक्त भएका छन् ।
आज बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सुवेदीलाई प्रधानमन्त्री देउवाको परराष्ट्र सल्लाहकार बनाउने निर्णय गरेको हो ।
विद्यार्थी कालमा नेपाल विद्यार्थी संघमा आवद्ध सुवेदी पछिल्लो समय व्यवसायमा लागेका छन् । उनी अहिले पोखराको नयाँ पुलदेखि मुस्ताङको मुक्तिनाथसम्मको केवलकार परियोजनामा आवद्ध छन् ।















प्रतिक्रिया