
काठमाडौं, १९ साउन । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गर्नु स्वाभाविक भएको बताएका छन् ।
आज बिहीबार कूटनीतिक मामिला हेर्ने पत्रकारहरूसॅगको अन्तरक्रियामा उनले निर्वाचनको मिति घोषणाप्रति टिप्पणी गर्दै सो कुरा बताएका हुन् ।
‘निर्वाचन घोषणा स्वाभाविक हो । यसमा देश जानुपर्छ भनेर हामीले भन्दै आएका थियौं,’ ओलीले भने ।
आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको छ ।















प्रतिक्रिया