
काठमाडौं, १९ साउन । सरकारले आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको छ ।
आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्रोतको भनाइ छ ।
यसअघि निर्वाचन आयोगले मंसिर पहिलो साता चुनाव गर्न सकिने सुझाव सरकारलाई दिँदै आएको थियो । निर्वाचन आयोगसँगको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने संवैधानिक व्यवस्था छ ।
यसअघि २०७४ साल मङ्सिर १० र २१ गते दुई चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएको थियो ।















प्रतिक्रिया