२८ आश्विन २०८३, बुधबार

माधवको भेलामा गोकर्ण विष्टले भने- ‘ओलीलाई होच्याउने काम नगरौं’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gokarna-Bista

काठमाडौं। नेकपा एमालेका युवा नेता एवं केन्द्रीय सदस्य गोकर्ण विष्टले एक अर्कालाई व्यक्तिगत लाञ्छाना लगाउने कार्य बन्द गर्न आग्रह गर्नुभएको छ ।

एमाले वरिष्ठ नेता माधव नेपालको उम्मेदवारी घोषणासभामा बोल्दै पूर्व उर्जामन्त्री समेत रहेका बिष्टले बिचार नमिल्दैमा कुनै नेतालाई गाली नगर्न आग्रह आग्रह गर्नुभएको हो ।

‘यहाँ आफ्नै पार्टीका नेतालाई होच्याउने, गाली गर्ने र घृणा गर्ने सम्मका कुरा आइरहेका छन् ।’ मर्यादित बहस गर्न आग्रह गर्दै विष्टले भन्नुभयो, ‘स्वस्थ प्रतिस्पर्धा गरौं, असार २४ पछि पनि यही पार्टीमा बस्ने हो । आरोप प्रत्यारोप नगरौं ।’

नेता बिष्टले कम्युनिस्ट पार्टीमा मन मिल्दा जे पनि ठीक र मन नमिल्दा सास पनि गन्हाउने रोग रहेको भन्दै एमालेमा अब यस्तो संस्कार हटाउनुपर्ने बताउनुभयो ।

विष्ट बोल्नु अघिका युवा नेताहरुले ओलीलाई गणतन्त्र विरोधी, अस्वस्थ, गुटको नेता, भारततिर लभ परेको जस्तो आरोप लगाएपछि विष्टले संयमित हुन आग्रह गर्नुभएको हो ।

एमालेका शालिन नेता विष्ट आगामी महासचिवमा सचिव लड्ने तरखरमा हुनुहुन्छ । उर्जामन्त्री हुँदा चार महिनाकै अवधिमा उत्कृष्ट काम गरेका कारण उहाँ लोकप्रिय हुनुहुन्छ ।