५ कार्तिक २०८३, बिहिबार

नबिल बैंकका सीईओ ढुङ्गानाले सम्हाले कार्यभार, यस्तो छ योग्यता र अनुभव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । नबिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले आज शुक्रबारदेखि कार्यभार सम्हालेका छन् ।

बैंक सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले ढुङ्गानालाई सीईओ नियुक्त गरेको थियो । नियुक्तिको भोलिपल्टै आजदेखि उनले आफ्नो पदभार ग्रहण गरेका हुन् ।

बैंकिङ क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्ष भन्दा बढी लामो अनुभव सँगालेका ढुङ्गानाले यसअघि नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरिसकेका छन् । यसबाहेक उनले नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा रहेर समेत काम गरिसकेका छन् ।

सीईओ ढुङ्गानाले भारतबाट चार्टर्ड एकाउन्टेन्सी (सीए) र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट (सीपीए) तथा वित्तीय विष्लेषणमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । सन् २०१३ मा नेपाल व्यवस्थापन संघद्वारा ‘म्यानेजर टू वाच’ र सन् २०१५ मा ‘म्यानेजर अफ द एयर’ विधामा उनी परस्कृत समेत भइसकेका छन् ।

ढुङ्गाना सन् २०१८ मा नेपाल बैंकर्स एसोसिएशनको अध्यक्ष समेत चयन भएका थिए ।

उनको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा नबिल बैंकले समेत विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने विश्वास बैंकले गरेको छ ।