५ कार्तिक २०८३, बिहिबार

पेट्रोलियम खानी खोज्न चिनियाँ टोली नेपालमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असार । नेपालमा कोरोना भाइरस महामारीका कारण रोकिएको पेट्रोलियम पदार्थ तथा ग्यास खानीको अन्वेषण कार्य पुनः शुरू भएको छ ।

दैलेखमा भइरहेको त्यस्तो अध्ययनका लागि झन्डै साढे दुई वर्षपछि सात जना चिनियाँ विज्ञ नेपाल आइपुगेका छन् । सन् २०१९ देखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण कार्य अघि बढाइएको बीबीसी नेपालीले उल्लेख गरेको छ ।

चीन सरकारको सहयोगमा भइरहेको अन्वेषण अन्तर्गत त्यहाँ साइज्मिक (भूकम्पीय) सर्वेक्षण सम्पन्न भइसकेको छ ।