५ कार्तिक २०८३, बिहिबार

झम्सिखेलमा ट्राफिक लाइट जडान, थप सात स्थानमा जडान कार्य हुँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असार । ललितपुरको झम्सिखेलस्थित सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाइट जडान गरी आज बिहीबारदेखि सञ्चालनमा ल्याइएको छ ।

काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले ललितपुर महानगरपालिका–३ कार्यालय र तन्त्र भेन्चर्स प्रालिसँग समन्वय गरी उक्त नयाँ ट्राफिक लाइट जडान गरि सञ्चालनमा ल्याएको हो ।

ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले उक्त नयाँ ट्राफिक लाइटको स्वीच अन गरी आज उद्घाटन गरेका छन् ।

हाल उपत्यकाको मुख्य ४० वटा चोकहरुमा ट्राफिक लाइटबाट सवारी व्यवस्थापन हुदैँ आएको छ भने १३ वटा स्थानमा परीक्षण गरी सञ्चालनको प्रकियामा रहेको र ७ स्थानमा जडान कार्य भइरहेको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

ट्राफिक लाइट सञ्चालनमा आएका चोकहरुमा ट्राफिक लाइटको पूर्ण पालना गरी ट्राफिक व्यवस्थापन सहयोग गर्न सवारी चालक तथा पैदलयात्रीहरूलाई ट्राफिक कार्यालयले विशेष अनुरोध गरेको छ ।