
काठमाडौं, १६ असार । जल तथा मौसम विज्ञान विभागले तीन दिन देशभर ठूलो पानी पर्ने भन्दै उच्च सावधानी अपनाउन आग्रह गरेको छ ।
गृह मन्त्रालयमा हिजो बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा सहभागी विभागका महानिर्देशक कमलराम जोशीले आज बिहीबारदेखि तीन दिन देशभर ठूलो पानी पर्ने भएकाले उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेका हुन् ।
उनका अनुसार आगामी तीन दिन तराईका सबै जिल्ला र गण्डकी प्रदेशमासमेत ठूलो पानी पर्ने र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिन सक्ने बताए ।















प्रतिक्रिया