५ कार्तिक २०८३, बिहिबार

पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट १५ पुस्तकको सूची सार्वजनिक (सूचीसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असार । खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानले प्रदान गर्ने ‘पद्मश्री साहित्य पुरस्कार’का लागि छनोट भएका उत्कृष्ट १५ वटा पुस्तक सार्वजनिक गरिएका छन् ।

प्रतिष्ठानले वि.स. २०६३ सालदेखि नेपाली साहित्यका क्षेत्रमा वर्षभरि प्रकाशित पुस्तकहरुमध्ये निर्णायक मण्डलको सुझावअनुसार उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ । प्रतिष्ठानका अनुसार वि.स. २०७८ मा प्रकाशित पुस्तकहरूमध्ये प्रतिष्ठानमा १४४ वटा पुस्तक प्राप्त भएका थिए । ती मध्येबाट पहिलो चरणको उत्कृष्ट विस्तारित सूचीका लागि निर्णायक समितिले प्रतिष्ठानलाई १५ वटा कृतिको सिफारिस उपलब्ध गराएको हो ।

कृति छनोटका लागि प्रतिष्ठानले राम लोहनीको संयोजकत्वमा नयनराज पाण्डे र कुमारी लामा रहेको तीन सदस्यीय निर्णायक समिति गठन गरेको छ । चयन प्रक्रियाको पहिलो चरणमा प्रतिष्ठानमा प्राप्त भएका पुस्तकहरूमध्येबाट १५ वटा पुस्तकलाई उत्कृष्ट विस्तारित सूची सार्वजनिक गर्ने, दोस्रो चरणमा विस्तारित सूचिमध्येबाट उत्कृष्ट संक्षिप्त सूची चयन गर्ने र अन्तिम चरणमा पुरस्कृत पुस्तक घोषणा हुने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।

यी हुन् विस्तारित सूचीमा परेका पन्ध्र कृति–