२८ आश्विन २०८३, बुधबार

नक्कली संस्थाको नाममा ४० लाख ठगी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिवास, १७ जेठ ।  mahottari_district3जिल्लाको ग्रामीण बस्तीमा आपूmलाई जापानी नियोगको प्रतिनिधि बताउने एकजनाले सर्वसाधारणसँग नक्कली संस्थाको नाउँमा लाखौँ रकम ठगी गरेको रहस्य खुलेको छ ।

आफुलाई नेपाल–जापान सहयोग (एनजेएस) संस्थाको प्रतिनिधि बताउने छिमेकी जिल्ला धनुषाको चोराकोयलपुर–१ का राकेशकुमार यादवले जिल्लाको धर्मपुर, महोत्तरी र पडौलसहितका गाविस बस्तीमा सर्वसाधारणलाई खानेपानीको चापाकल र शौचालयको सेफ्टी ट्याङ्की बनाई दिने भन्दै रु ४० लाखभन्दा बढी ठगी गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

आफ्नो संस्थाको प्रधान कार्यालय नयाँबानेश्वर, काठमाडाँै र शाखा कार्यालय जनकपुर रहेको लेटरप्याड देखाउँदै राकेशले चापाकल र सेफ्टी ट्याङ्की जडानका लागि संस्थाले सहयोग गर्ने भन्दै उपभोक्तासँग जनही रु सात हजार ठगी गरेको प्रहरीले जनाएको छ ।

नक्कली संस्थाको रसिद नै बनाएर राकेशले केही मतियारको सहयोगमा ठगीमा परेका मध्ये २२३ जनाको लिखित उजुरी नै प्राप्त भइसकेको महोत्तरीका प्रहरी निरीक्षक इकबाल हवारीले जानकारी दिनुभयो ।

हालसम्म प्राप्त रसिदका आधारमा रु १४ लाख ठगी गरेको प्रमाण फेला परेको र मौखिक रुपमा प्राप्त सूचनाका आधारमा यो रकम  ४० लाख नाघ्ने अनुमान गरिएको प्रहरीको भनाइ रहेको छ ।

पछिल्लो पटक राकेशका मतियार जिल्लाकै महोत्तरी–९ का २६ वर्षीय राजेशकुमार यादवलाई रसिद काटिरहेकै बेला पक्राउ गरी अदालती कारबाही चलाई सकिएको प्रनि हवारीले बताउनुभयो । राकेश भने हालसम्म फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

राकेशले यसका साथै ससाना स्कूले बालबालिकालाई पौष्टिक आहार र छात्रवृत्तिको व्यवस्थासमेत गर्ने बताउँदै सो बापत जनही  १०० लिएका महोत्तरी–९ का जितु महराले बताउनुभयो । यो शीर्षकमा राकेशले ५०० घरपरिवारमा ठगी गरेका पाइएको प्रहरीले जनाएको छ ।

राकेशले अब काम सुरु गरिने बताउँदै झुक्याउँदै आएर पछिल्लो दुई महिनायता भेटघाट गर्न छाडेपछि सोधीखोजी सुरु गरिएको ग्रामीण बस्तीका सर्वसाधारण बताउँछन् । सोधखोजकै क्रममा उनले जनकपुर शाखाको भनेर दिएका ०४१–८८३७९८ नम्बरको फोनमा कुरा गर्न चाहँदा सम्पर्क नै हुन नसकेपछि आफुहरु ठगिएको थाहा पाएर प्रहरीलाई गुहार्न पुगेको पडौल–३ की राजकुमारी देवीले बताउनुभयो ।

जिप्रका महोत्तरीले राकेश र उनका मतियारको पहिचान भइसकेको बताउँदै ठगीमा संलग्न सबैलाई चाँडै पक्राउ गरिने जनाएको छ ।