९ कार्तिक २०८३, सोमबार

भारतका नवनियुक्त सेनाध्यक्ष पाण्डेलाई नेपाल भ्रमणको निम्तो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ वैशाख । प्रधानसेनापति प्रभुराम शर्माले भारतका नयनिवयुक्त सेना प्रमुख मनोज पाण्डेलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

वुधबार भिडियो कन्फरेन्समार्फत कुराकानीका प्रधानसेनापति शर्माले सेना प्रमुख पाण्डेलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार शर्माले पाण्डेसँग भिडियो कन्फरेन्समार्फत बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना दिएका छन् ।

कुराकानीका क्रममा शर्माले नेपाली सेना र भारतीय सेनाबचि रहँदै आएको परम्परा विशिष्ट सम्बन्ध र आपसी सहयोग जनरल पाण्डेको कार्यकालमा अझ उचाइ पुग्ने विश्वास व्यक्त गरेको निर्देशनालयले जनाएको छ ।