
सिन्धुपाल्चोक, १३ वैशाख । ३० गते शुक्रवार हुने पालिका चुनावका लागि सिन्धुपाल्चोकमा दुई हजार २५ जनाले विभिन्न पदमा मनोनयन दर्ता गराएका छन् ।
हिजो सोमवार र अस्ति आइतवार दुई दिन भएको मनोनयन दर्ताको आधारमा उम्मेदवारको नाम सार्वजनिक भएका हुन । आज मङ्गलवार दिउँसो साढे १२ बजेसम्म अनलाइन प्रणालीमा समावेश भएको तथ्याङ्कअनुसार सिन्धुपाल्चोकको तीन वटा नगरपालिकामा २५ जनाले प्रमुख पदका लागि र १८ जनाले उपप्रमुखमा उम्मेद्वारी दिएका छन् ।
नौ वटा गाउँपालिकामा ७१ जनाले अध्यक्ष र ५१ जनाले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका निर्वाचन आयोगले जनाएको छ ।















प्रतिक्रिया