९ कार्तिक २०८३, सोमबार

सिन्धुपाल्चोकमा माओवादीमा टिकट पाउने र नपाउनेबीच झडप हुँदा स्थिति तनावग्रस्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ वैशाख । सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा नेकपा माओवादी केन्द्रका दुई पक्षबीच झडप भएको छ ।

पार्टीबाट नगरपालिकाको टिकट पाउने र नपाउने पक्षबीच झडप भएको हो ।

उम्मेदवारी दर्ता गर्न जाने क्रममा विवाद भइ झडप हुँद उत्पन्न तनावग्रस्त स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिचालन गरिएको छ ।

प्रहरीले केही थान अश्रुग्यास समेत हानेको बताइएको छ भने झडपका क्रममा नगरपालिकामा पनि तोडफोड भएको छ ।