९ कार्तिक २०८३, सोमबार

एमालेबाट धनगढीको मेयरमा चन्द र उपमेयरमा रानासहितले गराए उम्मेदवारी दर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, १२ वैशाख । नेकपा (एमाले) बाट धनगढी उपमहानगरपालिकामा रणबहादुर चन्दले प्रमुख र उपमेयरमा कन्दकला रानाले उम्मेदवारी दर्ता गराएका छन् ।

उनीहरुले सोमबार दिउँसो कैलालीको पार्टी कार्यालयबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।

त्यस्तै, आज जिल्लाका १९ वटै वडाध्यक्ष र सदस्यले पनि उम्मेदवारी दर्ता गरेका छन् । जसमा उपमहानगरपालिकाको–१ बाट ज्ञानेन्द्र मल्ल, २ मा विष्णु पुरी, ३ मा पार्वती सिंह, ४ मा तीर्थराज जोशी, ५ मा सुनिराम चौधरी, ६ मा ईश्वरी बम, ७ मा मोती राना, ८ मा जुगराम चौधरी, ९ मा नविन बिक र १० मा शिवकुमार रानाले एमालेबाट वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, एमालेबाट ११ नम्बर वडामा रूपबहादुर कुँवर, १२ मा शेरबहादुर महरा, १३ मा जगदीश राना, १४ मा कृष्ण पाण्डेय, १५ मा गोरे कुन्जेडा, १६ मा भागिराम चौधरी, १७ मा दीपेन्द्र घर्तीमगर, १८ मा भुवन रिजाल र १९ नम्बर वडाको अध्यक्षमा तिलुराम चौधरीले मनोनयन दर्ता गराएका छन् ।